१८ दिनपछि हराएको नानी भेटियो ! कसरी भेटियो भनेर प्रश्न गर्नेहरुसँग मुखमुखै लाग्ने ?

हराएको मान्छे भेटिएपछि पनि घण्टौं सम्म सार्बजनिक नगरी प्लान बनाएर सार्बजनिक गर्ने र कहाँ भेटियो कसरी भेटियो भनेर प्रश्न गर्नेहरुसँग मुखमुखै लाग्ने ? यो के ताल हो? यसो नगर्नुस् आदरणीय ज्यु हरु! अब म भन्छु:

बच्चा हराएको सही हो, तर हराएपछि परिवारलाई कहाँ नानी छिन् भन्ने थाहा थियो। यिनीहरुले बच्चालाई त्यो स्कुलबाट कसरी निकाल्न सकिन्छ भनेर बच्चालाई केहि दिन बाहिर नआउन भनेका हुन्। त्यहि भएर बच्चा हराएको १८ दिन बितिसके पछि मात्र सामाजिक सन्जालमा रुवावासी गर्नु भो दिदीले।

बच्चा हराएको १८ दिन बीचको अबधीमा पनि हराउनेका दाजु र आमाको सामाजिक सन्जाल मस्तीमै चलिरहेको थियो। त्यो भिडीयो पनि पोस्ट गर्नु भन्दा ९ दिन अघि बनाएको अरे दिदीले।आफ्नो बच्चा पो हराएको हो त, कुखुराको चल्लो हराएको हो र थोडी? यति ग़ैरज़िम्मेदार आफू हुने अनि हामीले तपाईहरुका आँसुलाई कुन क्याटेगोरीका हुन् भनेर मुल्याङकन गर्न नपाउने? अनि सैयौं पाते अनलाईन हरुले निक्की भेटियो भनेर लेख्दै गर्दा एक शब्द नबोल्नेले रबि लामीछानेलाई मात्र टार्गेट गरेर नाक उचाली उचाली भिडीयो गर्नुपर्ने? अनि जब त्यो भिडीयोलाई काटकुट छाँटछुट पारेर आफ्नो वालमा हाल्नु भो पीडितहरुले , त्यहाँबाट पनि वहाँहरुको मुकुण्डो उत्रिदै गयो।त्यहाँ कमेन्ट गर्नेहरु प्रत्यक सँग आमा , छोरा र एकजना पत्रकार दिदी पुरा लाप्पा परेर बस्नु भएको थियो। छोरी हराउँदा पीर पर्छ। तर छोरी हराएको पीडामा बेहोस् भएर ओछ्यान लाग्ने परिस्थितिमा हरेक कमेन्ट गर्नेहरुलाई तह लगाउन एउटा बटालियन बनाएर परेड खेल्नु जायज हो? यसरी हामीजस्ता सोझा मान्छेलाई थाङ्नामा सुताएर के गर्न खोजेको पराजुलीका खलकले? जनता जान्न चाहन्छन्! र अब जे भो भो, हाम्रो लागि तपाईहरुको नाटक भन्दा पनि बच्चासँग मतलब थियो, नानु सकुसल रहिछन् त्यति भए पुग्यो। तर आइन्दा हाम्रा निश्वार्थ रुपले समाजसेवामा दिनरात खटिनु भएका समाजसेवी हरुलाई प्रयोग गरेर आफू चर्चामा आउने खेल बन्द गर्नुहोस्। म पनि मानविय संबेदना बुझ्ने, बच्चाहरुको माया गर्ने र आँशुको महत्व बुझ्ने एक बयस्क महिला हुँ । तर जब यो रुवाबासीको भिडीयो आयो, त्यो हेरेदेखि नै म बेचैन भएँ। मलाई संका लाग्यो, मलाई खोई किन पत्यार नै लागेन र यस बिषयमा आफैंमाथी मनोवैज्ञानिक रुपले खेलबाड गरें र हिम्मत जुटाएर स्टाटस लेखिरहें।मलाई यो दिन आउँछ भन्ने पक्का बिश्वास थियो। तर अब एउटा कुराले अल्झाउने छ फेरि सारा दुनियालाई। निक्की कहाँ र कस्तो अवस्थामा थिईन् यहाँ सत्य कसैले पनि बताउनेवाला छैनन्। स्वयम् निक्कीलाई पनि भड्काउने छन् नाटकबाज हरुले । किनकी हामीलाई थाहा छ यिनीहरु कुन माटोबाट बनेका छन्!.

तर यति भन्दाभन्दै पनि मेरो दिदी शरिन ख्युङ्वा तामाङ लाई धन्यबाद नदिईरहन सक्दिन। किनकी वहाँको नानुलाई खोज्न उठेको सकारात्मक आवाजको हमेशा सम्मान गर्दछु। वहाँले दलाल, गिरोह र ठगलाई मुन्ट्याएर जुन किसिमले नेपाल सरकारलाई सहयोग गर्नु भएको छ, यो घटनामा पनि यदि कुनै गिरोहले ग़द्दारी गरेको छ भने त्यस्लाई पनि पाता कसेर लाईभमा ल्याईदिनु होला..! हामी बीचमा बैचारिक बहस होला, मतभिन्नताहरु होलान्, बादबिबाद र चर्काचर्की होला तर हामीले बोकेको बिचारले समाजलाई कुन बाटोमा हिँडाउँछ, त्यो कुराले महत्व राख्छ। निक्की भेट्टिइन्

लेखक : ज्वाला संग्रौला

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!