नायक पल शाह अष्ट्रेलियाका लागि बुधबार राती उडेका छन् । एअरपोर्टमा पललाई छोड्नका लागि उनकी आमा र बहिनी पुगेका थिए। उनी राप्ती अञ्चल भित्रका कलाकारहरुलाई मात्र दिइने यो अवार्डको उत्कृष्ट मोडलको मनोनयनमा परेका थिए। त्यसै अनुरुप उत्कृष्ट मोडलको अवार्ड थाप्न अष्ट्रेलिया हिडेका हुन्।
आउँदो शनिबार (८ सेप्टेम्बर)मा हुने ‘राप्ती इन्टरनेशनल म्युजिक अवार्ड’मा सामेल हुनका लागि उनी बुधबार साँझ अष्ट्रेलियाकातर्फ लागेका हुन्।उनीसँगै लोक गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउलेलगायतका कलाकारहरु छन्।
प्रतिक्रिया दिनुहोस्