चलचित्र ‘म यस्तो गीत गाउँछु’ अब युट्युबमा हेर्नुहोस

गत वर्ष प्रदर्शनमा आएको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ को छोटो अंश युट्युबमा सार्वजनिक गरीएको छ । सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को १० मिनेट २५ सेकेण्डको सर्ट क्लिप सार्वजनिक गरीएको हो ।

पुजा शर्मा र पल शाहको मुख्य अभिनय रहेको ‘म यस्तो गीत गाउँछु’लाई पुजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । यहि टिम द्वारा निर्मीत ‘रामकहानी’ प्रदर्शनको लागी मात्र १ दिन बाँकी रहंदा फिल्म ‘म यस्तो गीत गाउँछु’ को सर्ट क्लिप बाहिरिएको हो । साथै अब पुरा फिल्म पनि चाँडै युट्युबमा आउने बताइएको छ । यस फिल्मलाई हलमा हेर्न नपाएका दर्शकले लामो समय देखि ब्यग्र प्रतिक्षा गरिरहेका थिए ।

यता फिल्म गीत र ट्रेलरबाट नै रुचाइएको ‘रामकहानी’लाई पनि दर्शकले पर्खिरहेका छन् । भोली यानकी भाद्र २२ देखि अल नेपाल रिलिज हुने तयारीमा रहेको ‘रामकहानी’मा पुजा शर्माको जोडीमा अभिनेता आकाश श्रेष्ठ रहेका छन् ।भने फिल्मलाई ‘मेरो एउटा साथी छ ‘ ‘प्रेम गीत’ , ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म निर्देशन गरिसकेका सुदर्शन थापाले नै निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!