ल हेर्नुस, विद्यार्थी पढाउन छाडेर विद्यालयमै निदाए शिक्षक !

धरान/ कानेपोखरी गाउपालिका २ केरौन स्थित शिक्षा विकास मा वि का शिक्षक चन्द्रप्रसाद निरौला विद्यालयको प्रशासन कक्षमा निदाई रहेको अबस्थामा भेटिएका छन् ।स्थानीयले विद्यार्थी पढाउन छाडेर सुत्ने शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

ब्लाष्टलाई तस्विर उपलब्ध गराउने श्रोतले शिक्षक निरौलाले विद्यालयमा पालना गर्नु पर्ने नियमहरु पालना नगरेका कारण कारबाही गर्न माथिल्ला निकायलाई आग्रह गरेका छन् । शिक्षक निरौलाले भने आफु प्रशासन कक्षमा आराम गरेको स्वीकार गरेका छन् ।मलाई शरिरमा सुगर कम भएको अनुभब भएपछि चकलेट खाएर सुतेको हुँ उनले भने ।उनले आइन्दा यस्तो गतिबिधि नहुने ब्लाष्टसँग बताएका छन् ।

ब्लाष्टखबर

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!