-याप हानेर चर्चामा आएकी करिश्माको अर्को -याप यस्तो छ (भिडियो)

गायन रियालिटी शो नेपाल आईडलको दोस्रो सिजनको चर्चा यतिबेला सुरुदेखि नै भैरहेको छ । अघिल्लो सिजनमा टप १० देखि प्राप्त व्यापक चर्चा पाएको नेपाल आईडलले दोस्रो सिजनको सुरुवातमा धेरै प्रतिस्पर्धीहरुलाई हिट बनाईसक्यो । त्यसका उदाहरणमा काउली बुढी, नरेश पातली, करिश्मा बिष्ट, रबि शर्मा, जन्नत खान आदि पर्छन् ।

यसैबिच नेपाल आईडलबाट बाहिरिएर पनि आईडल भित्रै रहेकी करिश्मा बिष्ट मिडियामा आएकी छिन् । भिजे शिशिर भण्डारीसँग कुरा गर्दै उनले आफ्नो पहिलो र्याप गीत इको नि लाग्यो रेकर्ड भैसकेको बताईन् । छिट्ट बजारमा आउने उक्त र्याप गीतलाई नेपाल आईडलले नै रेकर्डमा सहयोग गर्यो ।

धनगढीकी करिश्माले अनौठो प्रभिा भएकै कारण नेपाल आईडलमा चर्चा पाईन् । उनको आवाजमा जादु छैन तर उनको कलामा जादु छ । पाविारिक सपोर्ट पहिले नपाएकी करिश्मा यतिबेला दंग छिन्, कारण उनलाई परिवारको सपोर्ट यतिबेला मिल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!