निर्मला हत्या प्रकरण : अनुसनधान समितिले फेला पर्‍याे सनसनीपूर्ण यस्ताे प्रमाण

कञ्चनपुर हत्या प्रकरण : उच्चस्तरीय अनुसनधान समितिले फेला पर्‍याे सनसनीपूर्ण यस्ताे प्रमाण, निलम्बित एसपीकाे गयाे साताे!
काठमाडाैँ । कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्ने क्रममा उनकाे सहयाेगका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली अाएकाे थियाे। टाेलीले एसपीलार्इ सहयाेग गर्दै छानविनकाे क्रममा फेला पारिएका तथ्य र प्रमाणकाे अाधारमा अाफ्नै प्रतिवेदन समेत बनाएकाे छ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्याको घटना छानबिन गर्न गठित मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदन चाँडै नै सरकारलाई बुझाउने जनाएको छ । समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त कुराकाे जानकारी गराइएको हो ।

घटनास्थलमा पुगेका प्रहरी टोलीको गम्भीरता नदेखिएको अनुसन्धानका क्रममा पाइएको छ, छानबिन समितिका संयोजक मैनालीले भने, ‘जिम्मेवार प्रहरी अधिकारीबाट घटना छानबिनमा बेवास्ता देखिएकाले हामीले यहाँ आएकै दिन कञ्चनपुर प्रहरी प्रमुखलाई निलम्बन गर्न सरकारलाई सिफारिश गरेका थियौँ ।’

संयोजक मैनालीले समितिलाई दिएको पन्ध्र दिनको म्याद आज सकिँदै गरेको भएपनि आवश्यकताअनुसार म्याद थप हुन्छ भन्दै निलम्बन गरिएका र केन्द्रमा फिर्ता बोलाइएका प्रहरी अधिकृतसँग पनि घटनाबारे सोधपुछ गर्नुपर्ने काम बाँकी रहेको बताए ।

‘तीन÷चार दिनभित्रै हामी घटनाको सत्य, तथ्य र अनुसन्धान विवरणसहित गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्छौंं’, उनले भने, ‘घटना अनुसन्धानमा प्रहरीको कमीकमजोरी देखिएका छन् ।’

संयोजक मैनालीले भने, ‘अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम पनि गरेको छानबिनका क्रममा देखियो भन्दै यी सबै विवरणसहित यथार्थ प्रतिवेदन मन्त्रालयलाई बुझाउँछौँ ।’

‘हामीले तथ्य सङ्कलन र विभिन्न पक्षसित समन्वय गरेर काम ग¥यौँ’, उनले भने, ‘घटना छानबिनका क्रममा स्थानीय र नागरिक समाजलगायत सबै पक्षबाट सहयोग प्राप्त भएको छ ।’ गत भदौं ८ गते सो समिति भीमदत्तनगर आइपुगेको थियो । केहीदिन भित्रमा प्रतिवेदन तयार हुने पनि संयोजक मैनालीले बताए ।

यसैक्रममा गत आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा अर्काे तीन सदस्यीय नयाँ उच्चस्तरीय छानबिन टोली भीमदत्तनगर पुगी घटनाबारे सुक्ष्म अध्ययन गरिरहेको छ। नयाँ अनुसन्धान टाेलीले निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरबाट नै अनुसन्धानलार्इ अगाडी बढाएकाे प्रहरी स्राेतले बताएकाे छ।

यसअघि पक्राउ परेकी निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमसँग नयाँ अनुसन्धान टाेलीकाे निर्देशनमा प्रहरीले छुट्टा छुट्टै र संयुक्त गरी विभिन्न काेणबाट फेरि बयान लिएकाे छ।

नयाँ टाेलीले पनि निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बम उच्च प्रथामिकतामा राखेर अनुसन्धान गरिरहेकाे छ। प्रहरी स्रोतका अनुसार बम दिदी बहिनीले घटनाबारे कुनै जानकारी नभएको बयान दिइरहेका छन् । त्यसैगरी बमसित निकट भनिएका भीमदत्तनगरका दुर्इ ‘भीआईपी संदिग्ध’ निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाई भुपेन्द्र विष्टका छोरा आयुश विष्टलाई समेत प्रहरीले विभिन्नकाेणबाट सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!