जनताको चर्को बिरोध पछि नेपाली सेना पछि हट्यो

काठमाडौं : बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् ।

भदौ २५ देखि ३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो ।

नेपालमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक सैन्य अभ्यास पुणेमा हुने घोषणा गर्दै सदस्य राष्ट्रलाई सहभागिताका लागि निम्ता दिएका थिए ।

कामु कामु प्रधानसेनापति पूर्णचन्द्र थापा पुणे जाने तयारी पनि भएको थियो । तर केही परराष्ट्रविद र सत्ता तथा प्रतिपक्ष दलका नेताले नेपाली सेनाको बिमस्टेक सैन्य अभ्यासमा हुने सहभागिताले नेपालको असंलग्न परराष्ट्र नीतिमा असन्तुलन ल्याउने आशंका व्यक्त गर्दै सरकारको कडा आलोचना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यो बिमस्टेक सैन्य नभएको र त्यस्तो अभ्यास गर्ने प्रस्ताव पनि सम्मेलनले अनुमोदन न गरेको दाबी गरेका थिए । तर उनले पुणे सैन्य अभ्यसमा नेपाली सेनाको सहभागितालाई भने अनुमोदन गरेको थिए ।

बिम्स्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको उक्त अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो । अभ्यासमा प्रत्येक बिम्स्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो ।

नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयार थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!