जापानमा भूकम्पमा परी ज्यान जानेको संख्या १८ पुगे

टोकियो — उत्तरी जापानको होक्काइडो द्वीपमा बिहीबार गएको भूकम्पमा परी ज्यान जानेको संख्या १८ पुगेको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार भूकम्पपछि भत्किएका भवनका भग्नावशेष तथा पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । अधिकारीहरूले करिब २२ जना बेपत्ता भएको जनाएका छन् । यसअघि जापानका विभिन्न स्थानमा शक्तिशाली आँधी आएको थियो ।

उक्त आँधीका कारण ठूलो जनधनको क्षति भएको थियो । अधिकारीहरूले उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आइनसकेको बताएका छन् । उनीहरूले सुनामी आउने सम्भावना भने नरहेको जनाए ।

हकाईडो द्वीपका अधिकांश भू–भागमा विद्युत् सेवा र रेल सेवा चलेका छैनन् । आँधीका कारण विच्छेद भएको विद्युत् सेवा पुन: सुचारु नहुँदै भूकम्प गएको अधिकरीले बताएका छन् ।

भूकम्पबाट दर्जनाैं घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकप्टरबाट समेत उद्धार गरिएको छ ।

भूकम्पबाट कम्तीमा १६ लाख नागरिक प्रभावित भएका छन् । हकाइडोमा उद्वारका लागि करिब २० हजार सुरक्षाकर्मी परिचालन गरिएको सरकारका प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!