यी महिला जसले बेगनासतालमा डुबेका १० जनामध्ये २ जनालाई बचाईन

पोखरा – पोखराको बेगनास तालमा डुङ्गा पल्टिँदा हिजोदेखि हराइरहेका ६ जना सबैको मृत्यु भएको पुष्टि भएको छ । दर खाएर फर्किने क्रममा डुंगा डुब्दा २ जनाको हिजो मृत्यु भएको भने ६ जना हराइरहेका थिए । दुर्घटनामा ४ वर्षका रञ्जित गैह्रे, ५ वर्षका प्राचिन पौडेल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, अन्दाजी १८ वर्षकी मनिषा बजगार्इँ र ३२ वर्षका रवी खनाल अब भेटिने सम्भावना कम रहेको प्रहरीले बताएको छ ।

बेपत्ता रहेकहरुको गोताखोरको टोलीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । बेगनासताल पारी दर खाने कार्यक्रममा जाँदै गर्दा डुंगामा रहेका एकजना बालक तालमा खसेपछि उनलाई बचाउन खोज्दा डुंङ्गा अनियन्त्रित भएर डुबेको प्रहरीले जनाएको छ । डुंगा डुब्दा पोखरा २८ की कृष्णकुमारी वजगाँई र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेकोमृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!