आफनै श्रीमान् मार्ने श्रीमती र प्रेमीको आमा यसरी परे पक्राउ

सन्धिखर्क, अर्घाखाँची- अर्घाखाँची जिल्लाको डिभर्नामा धन बहादुर घर्ती मगरको हत्या गरिएको घटनामा संलग्न भनिएका तीनजनालाई आज जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गत भदौ १८ गते सोमबार जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. १२, डिभर्ना बस्यालटोला स्थित बाटोबाट अन्दाजी १५ फिट तल बोरा भित्र प्याक गरी फाली सडेगलेको अबस्थामा भेटिएको पुरुष ब्यक्तीको लाश सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतक जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका-७, धैरेनिडाँडा बस्ने बर्ष ३६ को धन बहादुर घर्तिमगरको रहेको र निजलाई कर्तव्य गरि मार्ने निजकै श्रीमती राधा घर्तिमगर ,राधाको प्रेमी जिल्ला पश्चिम रुकुम वाफिकोट गा.पा.-१ बस्ने वर्ष ३० को रमेश वि.क र राधाकी आमा बसुन्धरा बस्याललाई सार्वजनिक गरेको हो।

अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरि म्याद थपि जि.प्र.का अर्घाखाँचीको प्राङ्गडमा पत्रकार सम्मेलनको आयोजना गरि यस घटनाको सम्बन्धमा जानकारी गराइएको थियो । १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको थियो ।डिभर्ना बस्याल टोलाका महिलाहरु ख¥यानमा घास काटन गएको समयमा गन्ध आएपछि के मरेछ भनेर खोज्दै जादा स्थानीयहरुले अनुहारनै नचिनिने अबस्थामा मानसिको शब देखेका थिए । मानिसको शब देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।

बेबारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शब भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राती श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि मेरो श्रीमानको शब हैन भनेर राधा फर्किइन । प्रहरीले राम्रो संग हेर्नुस हुन सक्छ भन्दा मेरो श्रीमानलाइ मैले भन्दा अरु कस्ले चिन्न सक्छ । उनले भनिन यो शब मेरो श्रीमानको हैन । आफ्नो श्रीमानको लास नभएको भन्दै राती नै राधा घर फर्केकी थिईन ।

प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताइन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिन ।

यसरी सुरु भयो अपराधको घटना

कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ बर्षिय राधा घर्तिमगरको श्रीमान ३६ बर्षका धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए । उनी राधा संगै घरमा तीन दिन संगै बसे ।राधा , राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तु बाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वाड नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे ।

उता दशैमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर घर्तिमगर अचानक घर आए । घरमा श्रीमतीलाइ देखेनन । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । त आउने कि म आम भनेर चर्काचर्की भयो । राधाले तपाई आउन पर्दैन । भाडा छैन । म भोलि आउछु भनेर भनिन । त्यतिकैमा कुराकानी सकियो ।

धनबहादुर एक्कासी १३ गते साझनै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु विच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्विकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले बताए ।

धनबहादुरको हत्या गरेको अर्को दिन राधा र रमेश विहानै कपिलबस्तु तर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलगिकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइ बाट हिडेको राधाले बताएकी छन । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

(अर्घाखाँचीडट्कम)

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!