राशिफल : भाद्र २६, मंगलबार (दर खाने दिन)

अाज वि.सं. २०७५ साल भदौ २६ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर ११ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वितीया, १९:५९ बजेउप्रान्त तृतीया। नक्षत्र– उत्तरफाल्गुनी, ५:५९ बजेदेखि हस्त, २९:१३ बजेउप्रान्त चित्रा। योग– शुभ, ११:०७ बजेउप्रान्त शुक्ल। करण– वालव, ८:४६ बजेदेखि कौलव, १९:५९ बजेउप्रान्त तैतिल। आनन्दादिमा धाता योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान ३१ घडी १ पला। त्रिपुष्कर योग ५:५९ बजेसम्म। चन्द्र उदय। तीजको दर खाने दिन।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । परिवारमा सुख सन्तोष छाउला । वाहान सुख मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । नयाँ कार्यको थालनी हुनेछ ।सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । घरायसी सुखको अनुकूलता हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रामा सावधानी अपनाउनु पर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तजनसँग भेटघाटको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । लाभदायक यात्रा रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकायको चर्चा चल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!