काठमाडौं: मिस वर्ल्ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन्।चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्।
भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्।१७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्वर्या राय, १९९७ मा डायना हेडन, १९९९मा युक्ता मुखी र सन् २००0 मा प्रियंका चोपडाले मिस वर्ल्डको ताज जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्