विनाशकारी हावाहुरी :बाराका घाइतेकाे सबै खर्च सरकारले व्यहोर्ने

काठमाडौं : बारा र पर्साको हुरीबाट घाइते भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भेटेका छन् ।

घाइतेलाई भेटेर उनले सबै विरामीको उपचार खर्च सरकारले बेहोर्ने बताए । उनले चिकित्सकलाई सम्पूर्ण स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न पनि आग्रह गरेका छन् ।

‘खर्चको चिन्ता लिनुपर्दैन उनले भने,’ ‘घाइतेको उपचार राज्यले गर्छ ।’ संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबैं सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ । आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये सातजनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!