जब धुर्मुस राहात लिएर हावाहुरी प्रभावित वस्तीमा पुगे

काठमाडौँ । चर्चित कलाकार एवम समाजसेवी (धुर्मुस) सिताराम कट्टेल राहात लिएर हावाहुरी प्रभावित वस्तीमा पुगेका छन् ।सिताराम बारा जिल्लाका हावाहुरी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ लिएर पुगेका छन् ।

उनले लगेको राहत प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेका सामाजिक संजाल फेसबुक मार्फात बताएका छन् । चितवनमा क्रिकेट रंगशाला बनाउन जुटेका कलाकर तथा सामाजिक अभियानता सिताराम कट्टेल यतिबेला बाराको बिपतमा समेत मल्हम पट्टी लगाउन पुगेका हुन् ।

हावाहुरीको घटनाले आफु मर्माहत भएको र सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत अनुरोध पनि उनले गरेका छन् ।आइतबार साँझ आएको हावाहुरीले बारामा जनधनको ठुलो क्षति गरेपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम भने जारी नै छ ।

फोटो : सिताराम कट्टेलको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!