आमाबुवाको स्मृतिमा गाउँका चुलाचुलीमा बौद्ध स्तूपा निर्माण

आमाबुवाको स्मृतिमा गाउँका चुलाचुलीमा एउटा बौद्ध स्तूपा निर्माण गरेँ । १९ लाख बराबरको स्तूपाको निर्माण भएको छ । त्रिमुल बुद्ध शासनरूपी वृक्षको आधारमा, अमरका पुत्रीले निर्मित सुन्दर तगर, तृषित देवलोकबाट यस लोकमा अवतरित तथागतहरूको चित्तको स्वरूप स्तूपालाई बन्दना गर्दर्छौ ।

पूर्णसिंह श्रेष्ठ आफ्नो जीवनको भोगाइलाई बेला–बेलामा सम्झने गर्छन् । भनिन्छ, मान्छे भएर जन्मेपछि बाँच्नका लागि दुःख गर्नु सिक्नुपर्छ त्यही त हो जीवन । पूर्णसिंह केही बेर भावुक बने, ‘हामीजस्ता गरिबलाई कहिल्यै सुख रहेनछ, दुःखकै पीडामा तड्पएर बस्नुपर्ने रहेछ ।’ पूर्णसिंहले गरिबीका कारणले कुनै बेला भोकै बस्नुपथ्र्यो कुनै बेला पानी खाएर पेट भर्नुपथ्र्यो । त्यही स्मरणलाई सम्झेर बेला–बेलामा उनको आँखाबाट आँसु झर्छ । आँखामा आँसुले भरिन्छ, खै के गरी बाँच्ने हो जीवन !
इलाम चुलाचुलीको विकट र दुर्गम बस्ती जन्मिएका हुन् पूर्णसिंह । गाउँ नै त गरिबीले गुज्रिएको छ । गाउँमा उनको आमाले छोराछोरीलाई पाल्नलाई हप्ताको एक दिन हाटबजारमा आउने मान्छेहरूलाई छ्याङ बेचेर पेट भर्ने काम गर्थिन् । अनि त्यसै छ्याङ बेचेर पढ्नलाई पनि खर्च निकाल्थिन् । यी किसान धर्ममा विश्वास गर्छन् । दुःखबाट पीडा पाएका दिनहरूलाई सम्झिन्छन् । भोक, तिर्खालाई संघर्षबाट लड्न र जुध्न सकिन्छ अनि दुःखलाई सजिलै जित्न सकिन्छ । अनि यी किसान संघर्ष गर्दै अघि बढिरहन्छन् । गरिबीका चुनौतीलाई हाँसी–हाँसी स्वीकार्छन् ।

‘मलाई लाग्छ, हरेक मान्छे आफ्नो जिन्दगी आफ्नो हिसाबले बाँच्छ । बाँच्नका लागि कोही के गर्छन् कोही के,’ पूर्णसिंह सुनाउँछन्, ‘कुरो यति हो जसले जे गर्छ त्यसमा उसको मन र मस्तिष्क दुबै खुसी हुनुपर्छ । मैले जे गरिरहेको छु आत्मसन्तुष्टिका लागि गरिहेको छु ।’

पूर्णसिंह जीवनलाई यसरी बुझ्ने गर्छन् । मान्छेमा जीवन र संघर्ष दुवै आवश्यक छ । मान्छे बाँच्नका लागि नै त संघर्ष गर्छ । जब मान्छे पृथ्वीमा जर्छ तब बाँच्नका लागि दुःख गर्नुपर्छ । जीवनलाई विभिन्न तरिकाले बुझ्ने गर्दछ । तर, पूर्णसिंहको जीवनको कथाव्यथा भिन्न तरिकाले उनिएको छ । उनी इलामको बाझोमा जन्मिएका हुन् । इलाममा उनको जन्म त भयो, गरिब परिवारमा । आमाबुवाको कमाइ केही पनि थिएन । गाउँमा एउटा घर भएको पनि आगलागी भयो । घरको आगलागीपछि मावली परिवारले केही समय बस्नका लागि एक जंगलको छेउमा फँडानी गरी बस्न आदेश दिनुभयो । अनि उनीहरूको बसाइ सराइ भयो मोरङमा । उनको बाल्यकाल मोरङमा बित्यो । खान लाउनका लागि बाबुआमाले अरूको घरमा नोकरी गर्न पठाउनुहुन्थ्यो । त्यति बेलाको अवस्था यसरी सम्झन्छन् पूर्णसिंह :

मेरो १३ जनाको परिवार । इलामलाई छाडेर बुवाआमाले तराईको झापा जिल्ला नजिकै जंगलमा वन फँडानी गरेर बस्ती बसाल्नुभयो । आमाको मावलीको जग्गा जमिन प्रशस्त थियो र उहाँहरूले दिनुभयो, बस्नलाई । झापामा हामी बस्न थाल्यौं । हाम्रो बस्ती नजिकै खोला थियो । खोलामा माछा पाइन्थ्यो । हामीले खोलामा माछा खोजेर आफ्नो पेट पाल्ने काम गथ्र्योँ । हामीले खेतीपाती गर्नका लागि पाँच बिघा जति जंगल फँडानी ग¥यौं । त्यसपछि खेतीपाती सुरु गर्न थाल्यौं । खेतीपाती भइसकेपछि हामीले आफ्नो पेट खाली कहिल्यै राख्नुपरेन ।

म २ वर्षको थिएँ । बुवाले पढ्नलाई भनेर चाइनिज कलम किनिदिनुभएको रहेछ । छिमेकीहरूको बालबच्चा स्कुल पढ्न जाँदा मलाई स्कुल जाउँजाउँ लाग्थ्यो । तर घरमा खर्च नै नभएपछि कसरी पढ्न जान पाउनु । बुवाआमाले झापामा खेतीपाती गरी काम गर्न थालेपछि हामीलाई स्कुल पठाउने काम गर्नुभयो । बुवाले चाइनिज कलम ल्याएपछि स्कुल भर्ना भएँ । १३ जनाको परिवार थियो । स्कुल खर्च धान्दैनथियो । स्कुल पढ्नलाई अरूको घरमा नोकरी गर्न जानुपथ्र्यो । केही समय कामका लागि जान्थ्योँ भने केही समय स्कुलका लागि निकाल्थ्यौं ।

त्यसैताकाको कुरा हो । राजा वीरेन्द्रको पालामा गाउँका मान्छेहरूले आफ्नो तरिकाले जंगल र जग्गा जमिन दाबी गर्न थाले । दाबी गर्ने होडबाजी चलेपछि जग्गाको सबै बस्ती नै उठाउनुप¥यो । अब कहाँ जाने ? पूरै बिचल्ली भएको थियो । त्यसपछि मावलीको घरमा गएर बस्न थाल्यौं । मावलीहरूले हामीलाई १ वर्षसम्म पालनपोषण गर्नुभयो । केही समयपछि उहाँले ३ आना जग्गा दिनुभयो घर बनाउनलाई । हामीलाई मावलीले जग्गा दिएपछि सोचेका थियौं, अब त दुःखका दिनहरू गए । राम्ररी खाना लाउन पाउने भइयो भनेर । बुवाले झापामा भाइबुहारीको घरमा काम गर्नलाई राखिदिनुभयो । म सानै थिएँ । ठूल्ठुलो काम गर्नुपथ्र्यो घरमा । मैले काम गर्न सकिनँ । म काम गर्न नसकेपछि रुँदैरुँदै आफ्नै घरमा फर्किन लागेको थिएँ, मलाई २ रुपैयाँ पैसा दिएर उहाँहरूले फकाउनुभयो । म खुसी भएँ र फेरि उहाँकै घरमा काम गर्न बसें ।

बच्चा हेर्नलाई एकजना सुडेनी पनि राख्नुभएको रहेछ । उनी बाहुनी रहिछन् । म ११/१२ वर्षको थिएँ । घरमालिक बीसीको बुहारी भर्खर सुत्केरी थिइन् । म सानै थिएँ । मैले उहाँलाई सुत्केरी खाना खुवाउनुपथ्र्यो । तर उहाँलाई खुवाउने खाना त म आफैं पो खाएर बसेको हुँदोरहेछु । पछि उहाँहरूले कराउने गर्नुहुन्थ्यो । उहाँहरू आएपछि मात्र सुत्केरी बच्चाको आमालाई खाना खुवाउने गर्नुहुन्थ्यो । त्यो बेलामा मलाई बीसीका भाइले हङकङमा छोरा बनाएर लाने योजना बनाउनुभएको रहेछ । पछि पो थाहा भयो । तर घरमा बुवाआमाको मायाले हङकङमा जान सकिनँ । पढ्नुपर्छ भन्ने सोचाइ थियो ।

३५ सालतिरको कुरा हो १ रुपियाँमा कालो पाटी पाइन्थ्यो । किनेर मैले साइँला मामाको अगुवाइमा स्कुलमा पढ्न पाएँ । घरमा काम गर्नुपथ्र्यो । पढ्न जानलाई फुर्सद नै हुँदैनथियो । आमाबुवाको आँखा छलेर मलाई मामाले स्कुल पठाउने काम गर्नुहुन्थ्यो । स्कुल जान थालेपछि मसँग खर्च हुदैनथियो । स्कुलबाट जंगलमा फलेको अमला, सुन्तला टिपेर, स्कुलका साथीहरूको खाली कपीको पन्ना छुट्याएर पढ्ने र लेख्ने कार्य गरें । त्यसपछि घरका चार दाजुभाइले पालैपालो कखरा सिक्ने अवसर मिलेको थियो । स्कुलमा पाठ गरेको थिएँ । सबै पन्ना च्यातेको मात्र जम्मा गरेको थिएँ । सरले देख्नुभएको रहेछ । के हो तिम्रो कपी सबै पन्ना छुट्याएको रहेछ, के गरेको ? भनेर सोध्नुभयो । मलाई एक बाँसको भाटाले पिट्नुभो । होस नै गुमेको थियो । मैले तीन कक्षाको पढाइपछि स्कुल पनि छाडें ।

मैले स्कुल छाडेपछि बुवाले कान्छो काकाको घरमा काम सघाउनका लागि पठाउनुभयो । मलाई छ्यामाले घरमा खाना नै नदिइराख्ने गर्थे । म त्यहाँ पनि टिक्न सकिनँ र फेरि पढ्नका लागि प्रयास गरें । त्यो बखत नै हो । सरकारले सुकुम्बासी परिवारलाई झापाको जलथलमा डेढ बिघा जग्गा उपलब्ध गराएको थियो । त्यहाँ बस्ता पनि खाना खाने कुरा हुँदैनथियो । हामीलाई छिमेकीहरूले ३–४ मुठ्ठी पिठो दिनुहुन्थ्यो । त्यसैबाट गुजारा गर्ने काम गरें । सामसाई भन्ने राई साथी थियो । साथीको घरपरिवार सम्पन्न थियो । एक दिन साथीले मलाई घर लिएर गए । साथी भित्र खाना खाँदै थियो । म आँगनको छेउमा बसेको थिएँ । म भोकै थिएँ । मलाई साथीको दिदीले बोलाएर खाना खुवाउनुभयो र म खुसी भएँ । म गरिब देखेपछि साथीले मलाई ७ महिना जति पाल्नुभयो ।

एक दिन मलाई खोलाले बगायो । घरमा सामान लिएर जाँदै थिएँ । भोकले प्याकप्याक परेको थिएँ । खोलामा बगेर किनारामा पछारिएछु । एकछिनमा होस आएपछि पो थाहा भयो खोलाले बगाएको ।
काठमाडौंमा हुँदाताकाको कुरा हो । झाडापखाला लागेको थियो । अचानक एकाबिहानै बान्ता भयो । फस्राकफुसु्रक भएँ । मलाई श्रीमतीले ट्याक्सीमा हालेर लगेकी रहिछन् टिचिङ हस्पिटलमा । मेरो हातका औंलाहरू सबै बाङ्गिसकेका रहेछन् । मलाई सबैले सिद्धिसकेको भनेर मेरो श्रीमती रुँदै बसेकी रहिछन् । ६ घन्टापछि मेरो होस आयो । यो घटनालाई कहिलै विर्सन सक्दिनँ ।

बाल्यकालमा स्कुलमा पढ्दा परीक्षामा बुद्ध कहाँ जन्मेका हुन् ? भन्ने प्रश्न आउँथ्यो म सहज तरिकाले बुद्ध लुम्बिनीमा जन्मेको उत्तर दिन्थेँ । गाउँमा परापूर्वकालदेखि नै हिन्दु धर्ममा मानिँदै आएको रहेछ । अनि परिवारमा पनि हिन्दु धर्म मानिन्थ्यो । केही समयपछि आमाबुवाको स्वर्गारोहणपछि मैले आफ्नो धर्म नै परिवर्तन गरेँ । आफ्नै दाजुभाइलाई सल्लाह गरेर आफ्नै आमाबुवाको स्मृतिमा गाउँका चुलाचुलीमा एउटा बौद्ध स्तूपा निर्माण गर्ने योजना बनाएँ । मेरै पहलमा १९ लाख बराबरको स्तूपाको निर्माण कार्य सुसम्पन्न भयो । त्रिमुल बुद्ध शासनरूपी वृक्षको आधारमा, अमरका पुत्रीले निर्मित सुन्दर तगर, तृषित देवलोकबाट यस लोकमा अवतरित तथागतहरूको चित्तको स्वरूप स्तूपालाई बन्दना गर्दर्छौ ।

पाँच प्रकारका अस्तिधातुले भरिएको पिण्डपात्र, चिन्तामणि, शक्ति, बैभव प्रदान गरी लोकलाई मुक्त गराउने आधार गरी विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा निर्माण भएको छ । आफ्नै परिवारका दाजुभाइले पनि सहयोग गरेका छन् । साथै लामा हिसे दोर्जेले ३ वटा बुद्धको अस्तु धातु दिएर सहयोग गर्नुभएको छ । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष खेन्पो ङिमा दोर्जे लामाको प्रमुख आतिथ्यिमा देवलोकावतरण स्तूपाको निर्माण कार्यको सुप्रतिष्ठा गरेका थियौं ।

गाउँमा स्तूपा निर्माणपछि केही समयपछि पाँच लाख बराबरको जग्गा लामा भ्रमण गर्न आउनेहरूलाई बस्न उपलब्ध गराउनेछौं । गाउँमा बिरामी हुँदा छिटो उपचार गर्न नसकिने र मान्छेको उपचार नपाइनाले मृत्यु हुने भएकाले केही समयपछि एम्बुलेन्सको सुविधा मिलाउने योजना रहेको छ । गाउँघरमा धर्मसम्बन्धी त्यति ज्ञान नभएकाले लामाहरू ल्याएर सिकाइदिने गरेको छ । मान्छे भएर जन्मेपछि मर्न पनि सिक्नुपर्छ । हाम्रो जसरी जन्म भयो मर्दा पनि त्यसरी नै मर्नुपर्छ । त्यसैले बाँचुन्जेल समाजमा एक आपसमा मिलेर काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!