फेरि आयुषले तताए ‘सारेगामापा’को स्टेज, पाए १०० %

काठमाडौं, १८ चैत्र । भारतको रियालिटी शो ‘सारेगामापा लिटिलच्याम्प’ मा सिन्धुपाल्चोकका १२बर्षीय आयुष केसीले तहल्का पिटिरहेका छन् ।

भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने वर्ष १२ का आयुष केसीले नेपालमा मात्रै नभएर भारत अनि विश्वभरिबाट चर्चा र प्रशंशा बटुलिरहेका हुन् ।

भारततीय टेलिभिजन च्यानल ‘जी टिभी’बाट प्रशारण हुने ‘सारेगामापा लिटिलच्याम्प’मा हिजो आइतबारको एपिसोडमा पनि आयुषले साधा झैं जज्लाई जुरुक्कै उचाल्दै जुरीको मन जिते ।

नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका आयुषले हिजो आईतबार आफ्नो प्रस्तुतीमा १०० प्रतिशत अंक पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!