बारा हावाहुरीको पिडा सेलाउन नपाउदै यता दैलेखमा भूकम्प गयो

काठमाडौं– दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ। राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ।

त्यस्तै सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “घाइते भई अपाङ्गता तथा अशक्त हुने तथा मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्नेछ ।” उक्त घटनामा परेर हालसम्म २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएका छन् । ठूलोमात्रामा आर्थिक क्षति भएको छ । उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!