मुन्द्रेको कमेडी क्लब :जसिता गुरूङ देख्दा लट्टेको ढुकढुकी बढेपछि

काठमाण्डु, २० कात्तिक – ‘बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।’

हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्द्रेको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ । ‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो समयमा दर्शक तान्न थालेपछि समाचार तथा लोकप्रिय हास्य एवं पारिवारिक शृङ्खलाका कार्यक्रममा अगुवाइ गरिरहेको नेपाल टेलिभिजनले सोमबारदेखि ‘मुन्द्रेको कमेडी क्लब रियालिटी शो’ शुरु गरेको हो । भारतमा ‘द कपिल शर्माको शो’ जस्तै नेपाली स्वादको ‘मुन्द्रेको कमेडी क्लब रियालिटी शो’ ले नेपालमा लोकप्रियता पाउने देखिएको छ ।

हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने कार्यक्रमको पहिलो शृङ्खलामा छक्कापञ्जा ३ चलचित्रबाट लोकप्रियता कमाइरहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौलालगायतलाई आमन्त्रण गरी जितुले दर्शकलाई हसाएका थिए । हाँस्य कलाकारिताका क्षेत्रमा दर्शकले जितुलाई मुन्द्रे उपनामले चिन्छन् । सो कार्यक्रमलाई ग्रामीण भेगका दर्शकले विशेष मन पराएको र सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आइरहेको नेपाल टेलिभिजनका कार्यक्रमतर्फका नायब महाप्रबन्धक दीपा गौतमले जानकारी दिइन् ।

हेर्नुस आजको मुन्द्रेको कमेडी क्लब’को नयाँ एपिसोड

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!