पहिरोले पुरिएर डोजर अपरेटरको ज्यान गयो

प्रेम सुनार

बुटवल, १८ चैत्र । कालिगडकी कोरिडोर सडक निर्माण गरिरहेका एक डोजर अपरेटरको पाल्पाको रामपुरमा पहिरोले पुरिएर ज्यान गएको छ ।

कोरिडोरको रामपुर सडक खण्डमा माथिबाट खसेको पहिरोले पुरिएर बाँके जिल्ला बागेश्वरी गाउँपालिका ४ का ४३ बर्षिय भक्तबहादुर थापको ज्यान गएको हो ।

रामपुर अस्पतामा उपचार गर्न लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय प्रमुख भुपालसिंह रानाले जानकारी दिए ।

उनको शव रामपुर अस्पतालमा राखिएको र उक्त शव परिवारलाई बझाउने पक्रियामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!