नेपाल तरुण दलका कार्यकर्ता अनिष पुरीका हत्यारा आफ्नै साथीहरु

प्रेम सुनार

बुटवल, चैत्र–१९ । केहि दिन अघि रुपन्देहीको देवदहमा भएको नेपाल तरुण दलका कार्यकर्ता अनिष पुरीका हत्याराहरु रुपेन्देही प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । फागुन–२६ गते राती करिव साढे ७ बजेको समयमा रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहस्थित संगमपथमा हत्या गरिएका पुरीका हत्यारा सोही स्थानका आफ्नै १२ जना साथीहरुको समुह रहेको खुलेको छ ।

सोही स्थानका एक समय मिल्ने साथीपछि ठेक्का पट्टाको रिसिवी साँधेर पुर्व योजना बनाई पुरीलाई ४ नावालकसहित १२ जनाको समुहले लाठी, रड र ढुङ्गा प्रहार गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी ह्दय थापाले मंगलवार पत्रकार सम्मेलन गरि जानकारी दिए । हत्या अभियोगी मध्ये चार जना नावलक रहेकोले पक्राउ परे पनि प्रहरीले सार्वाजानिक गरेन ।

उमेर पुगेका ८ जनालाई प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । पुरीको हत्या अभियोगमा उनकै छिमेकी २१ वर्षीय अर्जुन सारु , सोही उमेरका आकाश सारु , पाल्पाको मदनपोखरा गाउँपालिका २ घर भई हाला पुरी कै छिमेक घोडाह बस्ने १८ बर्षिय कमल बोडेल सार्की, घोडाहमै बस्ने बर्ष २१ का जीवन भण्डारी , पाल्पा कै तिनाउ गाउँपालिका ५ घर भई घोडाह मै बस्ने २० बर्षिय ताराबहादुर बराल , घोडाह कै २० बर्षिय विश्वास गुरुङ्ग , सोही स्थानका २१ ब्र्षिय शिसिर राना, सोही वडाका २० बर्षिय मने भन्ने मनोज क्षेत्री रहेका छन ।

त्यस दिन साँझ घोडाहबाट साथीहरुलाई पछाडि राखि लु ४२ प ९९८२ नम्वरको मोटरसाईकल चढेर महेन्द्रराजमार्ग तर्फ जाँदै गरेका पुरीलाई संगमपथमा ती १२ जनाले एकै साथ आक्रमण गरेका थिए । उनलाई उपचारका लागि भलुही मेडिकलेज लैजाने क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!