भारतीय नम्बरको बसले ठक्कर दिँदा सिराहामा एक जनाको मृत्यु

लाहान । भारतीय नम्बरको बसले साईकललाइ ठक्कर दिँदा सिराहामा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्लू बी २९ बी ६१७४ नम्बर रहेको सो बसले पूर्वपश्चिम राजमार्गमा पर्ने मिर्चैयास्थित दुई वटा साईकललाइ ठक्कर दिएको थियो ।

बसको ठक्करबाट सुखिपुर नगरपालिका ७ का ३५ बर्षीय रामलखन साहकाे मृत्यु भएकाे हाे । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै अर्का साईकलमा सवार मिर्चैया ४ का ३० वर्षीय भद्रकाली महासेठ गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!