‘सर्टमुभी’का नाममा युट्युबमा खुलेआम अश्लिलता

गित संगित र मनोरञ्जन प्रयोजनका लागी अग्रनी सामाजिक सञ्जाल युट्युब नेपालका केही व्यक्तिहरुका लागी भने अश्लिलता र भ्रम बेच्ने माध्यम बनेको छ । सर्ट मुभिका नाममा अश्लिल भिडियो, विभिन्न झुटा समाचार र अनेकथरी भ्रम र अफवाह युट्युबमा अपलोड गरेर पैसा कमाउनेहरुको जमात नेपालमा ठुलै देखिएको छ ।

यस्ता युट्युव च्यानल कति छन् र तिनिहरुले के–कस्तो काम गरिरहेका छन् भन्नेबारे कसैले अनुगमन र नियमन नगर्दा सञ्चालकले मनपरी भिडियो अपलोड गर्ने गरेका छन । पछिल्लो समय नेपालमा सर्ट मुभिका नाममा अश्लिल भिडियो बनाउने अपलोड गर्नेको जमात बढेको छ भने झुटा र भ्रमपुर्ण शिर्षक राखेर झुटको व्यापार गर्नेहरुको संख्या पनि ठुलै बनेको छ ।

दुईचार जनाको समुह बनाउने, अपाच्य खालका अश्लिल भिडियो खिच्ने अनि सर्ट मुभि भन्दै अपलोड गर्ने । यस्ता समुह नेपालमा बग्रेल्ती खडा भएका छन । एभरेष्टवालको निगरानिमा परेकाहरुबाट प्राप्त तथ्य अनुसार यस्ता समुह केही आफुहरु नै मिलेर खडा गरिन्छन भने केहीलाई च्यानलकर्ताले खडा गरेका हुन्छन ।

अश्लिल भिडियो बनाउने कार्यमा खासगरी मध्यम वर्गिय र निम्न वर्गिय परिवारका रहेको पाईएको छ भने उनिहरु धेरै जसो चर्चामा आउने रहर र पैसाको लोभमा यस्तो भिडियो खेलिरहेको पाईएको छ । अश्लिल भिडियो बनाउने कार्यमा कतिपय त सहजताका लागी आफ्नै व्यायफ्रेन्ड र गर्लफ्रेन्ड मिलेर अभिनय गर्ने गरेको पनि पाईएको छ ।

आफै समुह खडा गरेर युट्युब च्यानल चलाईरहेकाहरुले चर्चा र पैसा दुबैको लोभमा अश्लिलता बेचिरहेका छन भने अरुको लागी काम गरिदिनेहरुले चर्चाको लोभमा पैसा पनि धेरथोर पाउने गरेका छन । यस्ता भिडियोहरु आफै बस्ने कोठा र खुला ठाउँमा सामान्य क्यामेरा र कतिपयले स्मार्ट फोनबाटै खिच्ने भएको हुँदा खासै लगानि पनि नहुने भएकाले अश्लिलताको जालो मौलाएको पाईएको छ ।

नेपालमा सर्ट मुभिका नाममा अश्लिलता बेच्ने होडवाजीमा युवराज खत्रीको नाम अग्रणी छ । उनले कुलन टिभीको नामबाट अश्लिल भिडियोको व्यापार गरिरहेका छन । त्यस्तै गितकार शंकर अधिकारी घायलले एनएचएस, मिलन श्रेष्ठले मिलन फिल्म्स, निरज कँडेलले इन्जोय नेपाल, मोडल विमल अधिकारीले ग्लोबल मेन च्यानल, दिनेश खड्काले गोल्ड टिभी सञ्चालन गर्दै आएको पाईएको छ ।

युबराजले पहिले पीएनपी मिडियामार्फत विभिन्न अश्लिल भिडियो अपलोड गर्ने गरेका थिए । पछि युट्युबले नै पीएनपी मिडिया ब्लक गरिदिएपछि उनले कुलन टिभी नामक यूट्युब च्यानलबाट अश्लिल भिडियो अपलोड गर्ने गरेको छन् ।

अश्लिलता बेच्ने धन्दाका शुरुवात कर्ता मध्येका एक खत्रीले कुलन टिभि नामक च्यानलमा आफ्नो संलग्नता नरहेको बताएका छन । पटक पटक जिज्ञासा राखेपछी खत्रीले युट्युब च्यानल मैले मात्रै होईन जसले पनि सञ्चालन गर्न सक्छ, यस्तो काम क–कसले गर्छन् भन्ने आफुलाई थाहा भएको बताएका थिए । को को हुन उनीहरु ? भन्ने प्रश्नको जवाफमा उनले त्यो चाहीँ भन्न नमिल्ने बताएका थिए ।

अश्लिल भिडियो खेल्ने कलाकारहरुले पनि कुलन टिभी युबराज खत्रीकै भएको बताएका छन । अश्लिलता बेच्ने यी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । यस्तै अश्लिल भिडियो तथा यूट्युब सञ्चालन गर्नेहरुको सूची निक्कै लामो छ । अबैध रुपमा सञ्चालित युट्युब च्यानल मात्रै होइन कानुनी दायरामा रहेर काम गरिरहेका म्युजिक कम्पनीहरूले पनि पैसाको लोभमा यस्ता सर्ट फिल्महरू अपलोड गरिरहेका छन् ।

केही ठूला भनिएका र नाम चलेका युट्युव च्यानलहरुले पनि सजिलै पैसा कमाउन अश्लिलता बेच्न थालेका छन् । जहाँ अश्लिल र दोहोरो अर्थ लाग्ने शब्दहरुको प्रयोग हुने गरेको छ । अनुगमन र नियन्त्रण गर्ने निकायहरु सक्रिय नहुँदा यस्तो धन्दा डरलाग्दो ढंगले अगाडि बढिरहेको देखिन्छ ।

सर्ट मुभीको नियमक निकाय नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई भने यस विषयलाई गम्भीर रुपमा लिएको बताउँदै अब छिट्टै कारबाही प्रक्रिया अघि बढाउने दाबी गरेका छन । नेपाल प्रहरीले पनि यो विषयमा अध्ययन अनुसन्धान गरिरहेको उनले बताएका छन । तर राईले भने जस्तो नियमन र कारबाही प्रक्रिया अघि बढेको भने छैन ।

कागजी नियम कानुन मात्रै भएर समस्या समाधान हुँदैन । त्यसलाई कार्यान्वयन गर्नुपर्दछ । हाम्रो समाज अहिले प्रविधिको चरम प्रयोगतर्फ अगाडी बढिरहेको छ । प्रविधि प्रयोगको नाममा यसको दुरुपयोग गर्ने स्वतन्त्रता कसैलाई दिइनु हुँदैन । हरेक अपराध दण्डनीय हुन्छ भन्ने बनाउन कागजी नियम कानुनलाई व्यवहारीक बनाउन जरुरी छ ।

बिभिन्न भ्रम र अफबाह फैलाउने र अश्लिल खालका भिडियो अपलोड गर्नु नेपालको कानुन अनुसार गम्भीर अपराध हो । यो अपराधिक क्रियाकलाप अहिले चरम उत्कर्षमा पुगेको छ । यो विषय मिडियामा सार्वजनिक भएपछि यस क्षेत्रका गिरोहहरुले अरुलाई प्रयोग गरेर आफ्नो अपराध लुकाउने कोसिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!