कसैले कांग्रेसमाथि औँला उठायो भने औँला काटिदिन्छौं

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता एवम् संघीय संसदका सांसद अभिषेकप्रताप शाह कांग्रेसका कार्यकर्तामाथि औला कसैले उठायो भने औलै काटिदिने चेतावनी दिएका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको गणेशपुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शाहले कांग्रेसका कार्यकर्ताहरूलाई बाघको संज्ञा दिए ।

‘केही दिन अगाडि कांग्रेसका कार्यकर्ताको घरमा खानतलासी भएको छ । यो विषयमा सभापति शेरबहादुर देउवाज्यूले विशेष ध्यान दिनुपर्छ । खानतलासी गर्नेलाई छानविन गरेर कारबाहीको पहल गर्न आग्रह गर्छु’, उनले भने, ‘हाम्रो कांग्रेसका कार्यकर्ता बाघ हुन् । बाघलाई कसैले औँला उठायो भने हामीले काटिदिन्छौँ ।’

उनले कांग्रेसप्रति युवाहरूको आकर्षण बढ्दै गएको बताए । ‘कांग्रेसमा प्रवेश गर्नेहरूको लहरले गर्दा पनि कम्युनिस्टहरूबाट वितृष्ण बढ्दै गएको देखिएको छ’, उनले भने, ‘हरेक क्षेत्रबाट असफल भएका कम्युनिस्टहरूले देशको विकास गर्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!