श्रीमान-श्रीमतीबीच विवादपछि कोदालेले हानेर श्रीमतीको हत्या

बाँके । बाँकेमा आलु बारीमा काम गर्दा उब्जेको विवादमा लोग्नेले स्वास्नीालई कोदालेले हानेर हत्या गरेका छन् । झगडा ‘परालको आगो’ भन्ने गरिन्छ । आलु बारीमा काम गर्दा गर्दै सामान्य झगडा भएपछि श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।

जिल्लाको डुडुवा गाउँपालिका ६ पट्वारीपूर्वाका बुद्धिराम मुराउले फरुवा(कोदालो) ले हिर्काएर श्रीमती राधा मुराउको हत्या गरेका हुन् । श्रीमती आलुबारीमै ढलेपछि मुराउ भने फरार भएको र उनको खोजी कार्यभइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकको प्रहरी प्रमुख एसपी अरुण पौडेलका अनुसार आलु खन्न र प्याजमा सिंचाई गर्न मंगलबार लोग्ने–स्वास्नी खेतमा गएका थिए । सामान्य विवादमै कोदालोले हानेपछि श्रीमतीको मृत्यु भएको हो । घटनाबारे थप जानकारी आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!