बैदेशिक रोजगारको लागि भिजिट भिषामा मानिस पठाई ठगी गर्ने महिला पक्राउ

बैदेशिक रोजगारीको लागि बिदेश जाने बिभिन्न ब्यक्तीहरुलाई वर्किङ भिषामा बिदेश पठाउने भनि बिश्वास दिलाई झुक्याई प्रतिब्यक्ती रु. २,४०,०००।– सम्म रकम लिई भिजिट भिषामा बिदेश पठाउने कार्यमा तपशिलमा उल्लेखित ठेगाना भई काठमाण्डौको पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमला थापा संलग्न रहेको भन्ने सूचनाका आधारमा यस महाशाखाबाट खटिएको टोलीले बिमला थापालाई मिति २०७५।१२।१८ गते काठमाण्डौको गौशालाबाट पक्राउ गरिएको ।

निज बिमला थापा समेत भई आफुहरुलाई बैदेशिक रोजगारीको लागि वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई जम्मा रु. ४,४०,०००।–लिई भिजिट भिषामा आफुहरुलाई मिति २०७५।१२।११ गते दुबई जानको लागि अन्तराष्ट्रिय बिमानस्थलमा डाकी नेपाल बायु सेवाको उडान नं. RA 229 द्वारा दुबई पठाउन लागेको अबस्थामा अध्यागमन बिभागले आफुहरुलाई फिर्ता गरेकोले बिमला थापा समेतले झुक्याई रकम लिई भिजिट भिषामा बिदेश पठाउने भनि ठगी गरेकोले कारबाही गरी पाउँ भनि जिल्ला धनुषा मिथिला बिहारी न.पा. २ बस्ने मोहम्मद गुलाम राईन र ऐ. बस्ने सबिर राईनले जाहेरी दिएको हुँदा निजलाई ठगी सम्बन्धी कसूरमा आबश्यक कारबाहीको लागि मिति २०७५।१२।१९ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।

पक्राउमा परेकी बिमला थापा समेतले अन्य ब्यक्तीहरु समेतलाई बैदेशिक रोजगारीको लागि वर्किङ भिषामा पठाउने भनि भिजिट भिषामा पठाई रकम लिई ठगी गरेको हुन सक्ने हुँदा अन्य पिडितहरु भएमा यस महाशाखामा सम्पर्क राख्न हुन समेत अनुरोध ।

पक्राउ परेको ब्यक्तीको बिबरणः- नामः- बिमला थापा । उमेरः- ३४ बर्ष । ठेगानाः- जि. भोजपुर हतुवागढी गाउपालिका वडा नं. ९ । हालः का.जि.का.म.न.पा. वडा नं. २६ सामाखुसी । बुबाको नामः- कुल बहादुर थापा ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!