प्रताप दास भन्ने बित्तिकै केटीहरु हुरुक्क, बिहेको लागि आमाले केटीको फोटो देखाएर हैरान !

ललितपुरको झरुवारासी नगरपालिकामा हुर्किएका प्रताप दासलाई परिवारको सांगीतिक पृष्ठभूमिले सांगीतिक क्षेत्रमा आउन प्रेरणा मिल्यो । आफ्नै दिदी पवित्रा दास सांगीतिक क्षेत्रमै लागेको र दिदीकै प्रेरणाले दास संगीतमा लागेका हुन् । नेपाल आइडलमा आउनुभन्दा पहिले नै नेपाली सांगीतिक क्षेत्रमा केही मात्रामा भए पनि स्थापित नाम हो प्रताप दास । उनले विभिन्न चलचित्रका लागि पनि गीत गाएका छन् ।आइडल अगाडि प्रतापले विद्यालय, कभर सङ हुँदै केही चलचित्रमा समेत गीत गाएका थिए। कलानिधि संगीत महाविद्यालयले आयोजना गरेको ‘कलानिधि आइडल’ जितेका उनी नेपाली तारा सिजन ३ मा पनि सहभागी भएर चौथो चरणसम्म पुगेका थिए ।

बाबरी फूलको बोट, यो शहरको भीडमालगायतका गीतहरुमा प्रतापले गरेको कभरलाई मन पराइएको छ । उनले विभिन्न चलचित्रहरुका लागि पनि गीत गाएका छन् । उनले चलचित्र प्रेमगीत २ मा इन्दिरा जोशीसँग ‘मोटरसाइकलमा’ गीत गाएका छन् ।त्यस्तै नाईँ नभन्नु ल ३ को गीत ‘अलिकति स्वीट’मा मेलिना राईसँग स्वर दिएका छन् । त्यसो त उनले एल्बमका लागि पनि गाएका छन् । रमेश संगराग बराइलीको ‘संगराग’मा उनले प्रेमको बिन्ती बोलको गीत गाएका छन् । प्रतापले हिरन सुन्दासको शब्दमा रहेको विदेशीनु पर्दाको पीडा समेटिएको ‘सम्झी मलाई रुँदी हो’ बोलको गीत पनि गाएका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!