शेरबहादुर देउवाको गुनासो – “मेरा साथीहरु मेरै विरोध गर्छन्”

दशरथ घिमिरे,

दाङ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रै आफ्नो आलोचना भैरहेको बताएका छन्।

दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले सरकारको आलोचना खुलेरै गरिरहेको समयमा पार्टी भित्रै आफ्नो आलोचना हुने गरेको बताए ।

देउवाले भने, ‘म ओली सरकारको खिलाफमा जान्छु । आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’ पार्टी सभापतिले अनुशासनहिन काम गरेको भन्ने उजुरी भ्रमपूर्ण रहेको उनले बताए । ‘त्यो भ्रमपूर्ण हो’ पत्रकारले सोधेको जिज्ञासामा जवाफ दिँदै उनले भने–‘जसले उजुरी हालेको छ । उसैसँग सोध्नुस ।’

यस्तै उनले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरे । रेलिङ्ग भाच्ने र तोडफोड मात्रै गर्ने प्रतिपक्षको काम नरहेको उनले बताए ।

‘सधैँ रेलिङ्ग भाच्ने काम हाम्ले गर्‍या छैन् । फेरि चाहनुहुन्छ भने त्यो पनि गरौँला नी’देउवाले भने–‘ तर तोडफोड गर्ने काम हामीबाट हुँदैन, रेलिङ्ग भाच्ने, आगो लगाउने, तोडफोड गर्ने काम त गलत कुरा हो ।’

यस्तै उनले जनमत संग्रहको नाममा देश टुक्राउन नपाइने बताए । सरकारले सीके राउतसँग गरेको सहमतिबारे देउवाले भने, ‘उसले जनमत संग्रह नै भन्या हो भन्छन् कुरा के हो सरकारले भन्नुपर्छ, तर देश टुक्राउन पाईँदैन, सीके राउत अथवा विप्लव सबैलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्छ ।’

विपी स्मृती भवनको शिलान्यास

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले लमही–५ रातोडाँडामा निर्माण हुन थालेको विपी स्मृती भवनको शिलान्यास गरेका छन् ।

लमही नगरविकास समितिले उपलब्ध गराएको दुई कठ्ठा जग्गामा निर्वाचन क्षेत्र पूर्वाकार विकास कार्यक्रम अन्तर्गत १५ लाखको बजेटमा उक्त भवन बन्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!