युवतीले तपाईंलाई मन पराउँछिन कि पराउँदिनन् भनेर यसरी थाहा पाउन सकिन्छ

काठमाडौं, १४ बैसाख : धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदाहुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन् ।

तर, युवतीहरू पुरुषप्रति सजिलै र सिधा रुपमा प्रेमको अभिव्यक्ति भने गर्दैनन् । त्यसो भए युवतीले आफूलाई मन पराइरहेकी छिन भन्ने कसरी थाहा पाउने त ? मनोविज्ञहरुले केही यस्ता लक्षण खुट्याएका छन्, जसले कोही युवती युवकप्रति नतमस्तक भएको संकेत गर्छ । यस्ता छन्, ती १० लक्षण :

१) कुनै युवतीले तपाईको मोबाइल म्यासेज, इमेल, ट्वीट तथा फेसबुक म्यासेजको तत्कालै जवाफ दिन्छिन्, कललाई बेवास्ता गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस् उनको मन पग्लिसकेको छ ।

२) उनका साथीले पनि तपाईलाई साथी बनाउन थाले भने बुझनुस् केही विशेष हुँदैछ । यदि कुनै युवतीले तपाईलाई मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती युवतीका साथीहरुले पनि तपाईलाई साथी बनाउन थाल्छन् ।

३) तपाईलाई कोही राम्रो मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाई जस्तै छ भन्छिन् भने ढुक्क हुनुस् त्यो अरुको बहाना बनाएर तपाईकै प्रशंसा गरेको हो ।

४) उनले तपाईका भूपु प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । तर उनले ती भूपु प्रेमिकाहरुलाई गाली गर्छिन र भन्छिन्, ‘उनीहरु नभएकाले तपाईलाई असाध्यै राम्रो भयो ।’ यसको अर्थ हो उनी नै तपाईकी प्रेमिका बन्न तयार भई सकिन् ।

५) तपाईको जन्मदिन होस् वा कुनै उपलब्धि तपाई भन्दा उनी बढी खुशी भएको जस्तो लाग्यो भने थाहा पाउनुहोस् उनले तपाईको खुशीलाई नै आफ्नो खुशी ठान्न थालिसकिन् । त्यति मात्रै होइन, तपाईको परिवारको कसैको जन्मदिन वा पदोन्नति त्यसमा समेत उनले चासो राख्ने र खुशी व्यक्त गर्ने गर्छिन् ।

६) बाटोमा वा रेष्टुरेन्टमा नै किन नहोस् उनी तपाईसँग निकै नजिक आउँछिन् र हात समाउन खोज्छिन् भने बुझ्नुस् तपाईलाई भेट्न नपाउँदा उनी खुबै तड्पिन्छिन् ।

७) तपाईले जतिसुकै बेला फोन गर्नुभयो भने पनि रिसिभ गर्छिन् र भोलि बिहान छिट्टै उठ्नुपर्ने छ भने पनि रातभर तपाईसँग फोनमा कुरा गर्न तयार हुन्छिन् भने त्यसको संकेत हो उनले तपाईलाई माया गर्न थालिन् ।

८) तपाई तनाव तथा चिन्तामा रहेको थाहा पाउँदा उनी आफू बढी चिन्तित हुन्छिन् र तपाईको मुहारमा खुशी ल्याउन सबै उपाय लाउँछिन् भने ढुक्क हुनुस् अब उनी तपाईकै हुन् ।

९) यदि उनीसँग भेट्ने योजना बनाउनु भयो भने तपाईले भेट्ने भनेको ठाउँमा आउनु हुन्छ की आउनु हुन्न भनेर पटक–पटक यकिन गर्छिन् र पाँच मिनेट अगाडि मात्र भेट्ने कुरा थाहा पाइन भने पनि सकेसम्म राम्रो ड्रेसमा सजिएर आउँछिन् । तपाईलाई खुशी पार्न उनले ड्रेसमा कुनै कम्प्रोमाइज गर्दिनन् भने बुझनुस् उनको खुशी नै तपाई हो ।

१०) यदि तपाईले अरु कुनै केटीको तारिफ गर्नुभयो र कुनै अर्थमा राम्रो भन्नु भयो भने उनको मुहारको भाव तत्कालै विग्रिन्छ । उनले त्यसपछि तपाईलाई लेक्चर सुनाउन थाल्छिन् र विभिन्न उदाहरण प्रस्तुत गरेर तपाईले भनेकी केटी खराब हो भन्ने पुष्टि गरेरै छाड्छिन् भने थाहा पाउनुस् उनी तपाईको मुखबाट उनी बाहेक अरुको प्रशंसा सुन्न चाहन्नन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!