टंक-बसन्त काण्ड : समिक्षा भन्छिन् – मैले सबैसंग काम गर्नु पाउनुपर्छ (भिडियो)

बाल गायिका समिक्षा अधिकारीको साँगीतिक यात्रालाई लिएर संगीतकार बसन्त सापकोटा र टंक बुढाथोकीबिच विवाद उत्पन्न भएको छ । संगीतकार बुढाथोकीले पहिलो काम मेरा संगीतमा गराएका छौं भनेर फेसबुकमा स्टाटस लेख्दा बसन्तले स्टाटस मार्फत नै आक्रोश पोखेका छन् ।

टंकको स्टाटसको स्क्रिनसट सेयर गर्दै बसन्त लेख्छन्, ‘टंक भाई अग्रजहरुको सम्मान गर्न सीकौं ल । समिक्षा को पहिलो गीत सबैतिर चर्चित भैसकेको र सबैको प्रेरणाले नानी अगाडी बडिरहेको अवस्थामा । यो काम त सुर्यलाई हत्केलाले छोप्न खोजे जस्तो भएनर ! कि भाई अर्कै दुनिया बाट आउनु भएको हो !’

तर दुई संगीतकार बिच समिक्षाको साँगीतिक यात्रा भन्दा पनि लेखाइ र बुझाइ गलत भएपछि विवाद उत्पन्न भएको देखिन्छ । ‘मेरो संगीतमा पहिलो काम गराएका छौं’ लेख्नु पर्नेमा टंकले ‘पहिलो काम मेरो संगीतमा’ लेखेका छन् । दुई वटा गीतमा स्वर दिइसकेकी समिक्षाले कसरी पहिलो पटक टंक बुढाथोकीको संगीतमा स्वर दिइन् ?

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!