भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरी पीडितलाई भात खुवाउन सकेन

काठमाडौं । स्वतन्त्र मधेसकाे आन्दाेलन त्यागेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा आलोचना गरेका हुन् ।

आइतबार बेलुका अचानक प्रदेश २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्व प्रदेश सरकार भ्रष्ट रहेको टिप्पणी गरेका छन् ।

Image result for ck raut

उनले पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०/२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बाराका हुरीपीडित जनताहरूलाई १०-२० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ ।’

उनले हावाहुरीका कारण घरबारविहिन भएकाहरुलाई खानासमेत खुवान नसकेको भन्दै सबैकाम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि भन्ने प्रश्न गरेका छन् ।

‘मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन, भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणका नाममा आफ्ना लठैत पाल्न केन्द्र बाधा भएन ।’

प्रदेश सरकारले बाहना गर्दै हावाहुरी पीडितहरुलाई राहत नदिएको आरोप सीके राउतको छ । केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!