टिप्परले स्कुटरलाई ठक्करदिदाँ भक्तपुरमा एक जनाको मृत्यु

काठमाडौं, चैत २२ – भक्तपुरको जडिबुटीमा बिहीबार राति २ बजेतिर टिप्परले स्कुटरलाई ठक्करदिदाँ एक जनाको ज्यान गएको छ ।

जडिबुटिको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

तीनजना सवार स्कुटरलाई टिप्परले ठक्कर दिदाँ सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएका छन । स्कुटरलाई दिएपछि टिप्पर भागेको थियो । ठक्कर दिने टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत बुधबार पनि जडिबुटीमा टिप्परको ठक्करबाट एकजना मोटरसाइकल चालकको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!