त्रिचन्द्र कलेजमा अखिल क्रान्तिकारी विद्यार्थी र प्रहरीबीच भीडन्त

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको चैत्र २४ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारीको प्रचार प्रसारका लागि सहयोगी हातहरु बढाउँदै शुक्रवार दिउँसो त्रिचन्द्र कलेजको बाहिरी पर्खालमा वालेन्टिङ गर्दै गरेका बखत अखिल (क्रान्तिकारी) को टिमलाई डीएसपीको कमाण्डमा आएको प्रहरीले हस्तक्षेप गरी वालपेन्टिङ गर्नबाट रोक्न खोज्दा भिडन्त हुन गएको छ ।

भिडन्तमा प्रहरी टीम र विद्यार्थी टिमको लामो सामयसम्म तानातान र धकेलाधकेल भएको थियो । हात हालाहालको स्थिति नै उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्ने टिमलाई अघि बढाएको थियो ।

मोर्चाको सम्मेलनका लागि सहयोगार्थ वालपेन्टिङ गरिरहँदा प्रहरीको यो क्रियाकलाप देखेर युवाहरु आक्रोशित भएका थिए । वालपेन्टिङका लागि लिइएका रङहरु पोख्याइदिने र ब्रशलगायतका सामग्रीहरु जफ्त गरिदिने कामहरु गर्नथाले पछि भिडन्तको अवस्था नै सिर्जना भएको एक सहभागीले बताए ।

प्रहरीसँगको भिडन्तको क्रममा प्रहरीलाई छेकेर भिड्दै एउटा नारासम्म लेखिएको बताइएको छ । ‘चैत्र २४ गते भृकुटी मण्डप जाऔं’ भन्ने नारा लेखिसकेपछि प्रहरी त्यसैलाई मेटाउन प्रयास गररहेका थिए । उनीहरु ‘क्रान्तिकारी माओवादीका कुनै पनि कार्यक्रमका नाराहरु लेख्न नदिने माथिको आदेश छ’ भन्दै निरन्तर जाइ लागिरहेका थिए ।

भित्तेलेखन अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा गएको टिमले गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!