पूर्व राजासंग मुख चुच्चे सेल्फी !

काठमाडौ। पुर्वी पहाडी जिल्लाहरुको भ्रमणका क्रममा फिदिम पुगेका पुर्व राजा ज्ञानेन्द्र शाहाले पाँचथरको प्रसिद्ध तिर्थ स्थल सुम्हात्लुङ मन्दिरमा पुजा गरे। मंगलबार दलबलसहित मन्दिर पुगेका शाहले मन्दिरमा पुजा गर्नुका साथै किराँत धर्मका महागुरु फाल्गुनन्द लिङदेनको शालिकमा माला अर्पण गरेका हुन् ।

यसैबिच शाह बसेको होटल बाहिर करिव एक सय मिटर कार्पेट बिच्छ्याइएको थियो । फिदिम स्थित बुद्धमार्र्गमा रहेको मनस्वि होटलबाट पैदलै करिव आधा किलोमिटर हिँडेका शाहले नागरिकसंग भेटेका थिए। कुनै पनि संवाद नगरी फुलगुच्छा लिएका शाहले उनका सहयोगि मार्फत सुम्हात्लुङको ऐतिहाँसिकताका बारेमा जानकारी लिएका थिए ।

सोमबार अपरान्ह फिदिम आएका शाहले मन्दिरको बारेमा जानकारी लिएको बाहेक कसैसंग पनि कुनै बिषयमा कुराकानी गरेको भने बुझिएन । सञ्चारकर्मीहरु संग संक्षिप्त कुराकानीको तयारी गहेको बताइए पनि त्यो संभव भएन ।खासगरि मन्दिरहरुमा पूजा तथा विभिन्न साँस्कृतिक स्थलहरुको अवलोकनमा व्यस्त देखिन्छन्।

पूर्व राजाका प्रेस संयोजक फणिराज पाठकका अनुसार पूर्व राजाले झापाको दमकलाई मुकाम बनाएर धनुषा, सर्लाही, सप्तरी, उदयपुर, पाँचथर, इलाम लगायत जिल्लाहरुको भ्रमण गरिसकेका छन्।उनी चैत अन्तिम तिर काठमाडौँ फर्किने संभावना रहेको पाठकले बताए। भ्रमणका बेला उनलाई भेट्न आउने मानिसहरुको सेल्फी खिच्ने रहर उनले मेटाइदिएका छन्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!