चनचले श्रेया राईको “ढुंगा पनि देउता बन्छ मन्दिरमा राखेपछि” सार्बजनिक

धनकुटा । ‘द भ्वाइस अफ नेपाल’ सिजन-१ को उत्कृष्ट ८ पर्न सफल भएपछि चर्चामा आएकी गायिका श्रेया राईको आवाजमा रहेको अर्को गीत “देउता पनि ढुंगा बन्छ” सार्बजनिक भएको छ ।

बाल्यवस्थादेखि नै सांगीतिक परिबेशमा हुर्केकी राई का बाबा स्वयं पनि राम्रो गायक पनि हुन् । सायद त्यहीं वातावरणमा श्रेयाले पनि संगीत प्रतिको मोह पलायो ।

भ्वाइस अफ नेपाल सकिए लगत्तै विभिन्न देशहरुको सांगीतिक कार्यक्रममा सहभागिता जनाइ सकेकी राई अहिलेको सांगीतिक बजारमा एकदमै ब्यस्त गायिकाको रुपमा अगाडि आएकी छिन् ।

भर्खरै मात्र गीतकार रोवार्ड राईको शब्द,सुनिल राईको संगीतमा श्रेयाको आवाजमा उक्त गीतलाई जेन्यूस् म्यूजिकको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

राजु कार्कीको एरेन्ज र रहेको गीतलाई किंग स्टुडियोमा सुरेश राईले रिकार्ड गरेका हुन् भने ज्ञानु राईको छायांकन तथा अमृत सागरको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!