आज बिहानैदेखि कालो बादल र गड्याङ्गुडुङ्ग, हावाहुरीको सम्भावना

काठमाडौँ – देशभरको मौसम सामान्यतया बदली भएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि अँध्यारो हुने गरि बदली भएको छ ।

मेघ गर्जनसहित पानी पर्ने खेलाको मौसमी प्रणालीका कारण विशेष गरि काठमाडौँ उपत्यका र आसपासको क्षेत्रमा बढि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद मञ्जु बासीका अनुसार बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण विशेष गरि काठमाडौँ उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा पनि बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको छ ।

पानी पर्ने सम्भावना पनि रहेको उनले बताइन् । यस्तै देशभरको मौसम पनि सामान्यतया बदलीको अवस्थामा छ । दिनभरजसो नै मेघ जर्गनसहित पानी पर्ने सम्भावना रहेको छ ।

विशेष गरि तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिनभरि जस्तो नै बदली, वर्षा र हावाहुरीको अवस्था रहने जनाइएको छ । केही दिन मौसम यस्तै हुनेछ । Ujyaalo Online

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!