‘टुप्पाबाट पलाएकाहरुले हामीलाई मुख बन्द गर्न खोज्ने ?’ – पुर्बजर्नेल डा. प्रेमसिंह

काठमाडौं। नेपालआजका नियमित स्तम्भकार डा. प्रेमसिंह बस्न्यातले गलत कुरालाई ढाकछोप गर्ने बानी परेकाहरुले आफ्नो चरित्रहत्या गन खाजेको दावी गर्नुभएको छ । नेपालआजमा उहाँको स्तम्भ ‘स्ट्रेट फरवार्ड’मा बोल्दै आफूलाई कारबाही गर्ने बेकारको हल्ला चलाइएको स्पष्ट पार्नुभएको छ । उहाँले आफूलाई सैनिक ऐनले छुन नसक्ने बताउनुभयो । आफू अरु नागरिक सरह भएका कारण सरकारले सेनालाई वैशाखी बनाएर आफूमाथि प्रहार गर्न छाड्नु पर्ने बताउनु भयो ।

तपाईंलाई नेपाली सेनाले कारबाही गरेको कुरा साँचो हो ? मविगतमा नेपाली सेनामा काम गरेको पूर्वसैनिक हुँ । मैले नेपाली सेना, देश र सार्वभौमसत्तालाई सधै सम्मान गर्दै आएको छु । मलाई सेनाले कारबाही गर्न पनि सक्दैन । मैले गलत बोले भने मलाई सरकारले कारबाही गर्नुपर्छ । सेनाको बैशाखी टेकेर मलाई कारबाही गर्र्न सरकारले सक्दैन । सरकारको तागत छ भने मलाई सेनाको वैशाखी नटेकी कारबाही गरेर देखाओस् । मलाई सरकारको डर मान्ने अवस्था छैन । मलाई कसैले, मेरा जेष्ठहरुले कुनै सुझाव दिए भने म मानिदिन सक्छु । मेरा शुभेच्छुकको सुझावबमोजिम केही दिन नबोलेको मात्रै हुँ । ओली र रक्षामन्त्रीको डरले नबोलेको होइन।

प्रस्तुत छ उहाँसँग भएका कुराकानीको सारः

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!