मायाको सत्ता ढल्ने भएपछि आँचल शर्मालाई मुख्यमन्त्री बनाउने प्रस्ताव

काठमाडौं । गीत संगीत तथा कला साहित्य समाजको दर्पणको हो । समाजमा भएका, हुन सक्ने सम्भावित घटना नै गीत संगीत तथा कला साहित्यका विषय बन्ने गर्छन् । यसैलाई समेटेर आफ्नो सृजना गर्छन् । नेपालको अस्थिर राजनीतिमा सांसदको किनबेचदेखि आफ्नो स्वार्थ सिद्ध गर्न पद दिने परिपाटीलाई छोएर म्युजिक भिडियो बनाइएको छ । आफ्नो मायाको सत्ता ढल्ने भएपछि चर्चित नायिका आँचल शर्मालाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको म्युजिक भिडियोमा देखिन्छ । गठबन्धमा छलफल नगरि ‘पिरतीको संसद’मा ‘मायाको विधेयक’ पेश गरेको भन्दै नायिका आँचलले दिएको समर्थन फिर्ता लिने बताएपछि उनलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको हो ।

‘मायाको सत्ता’ बोलको सो गीतमा मानषी किरणको एकल स्वर रहेको छ भने केदार खतिवडाको शब्द सृजना रहेको छ । जसमा कम्पोज र एरेन्ज पनि मानषी किरणकै रहेको छ । जीबीआर सनमको निर्देशन रहेको सो म्युजिक भिडियोमा आँचल शर्मा, आरएन विनोद र श्रीदेव आचार्यको दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!