सर्लाहीमा चल्यो बारा र पर्साको जस्तै हावाहुरी, एक जनाको मृत्यु !

काठमाडौँ, २३ चैत । सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । हावाहुरीबाट रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा मृत्यु भएको छ ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा शनिबार दिउँसो हावाहुरी चलेको प्रहरीले जानकारी दिएको छ । हावाहुरीका कारण स्थानीयहरुको घरको छाना उडाएको तथा केही घरहरुमा क्षति पुगेको छ । –purakhabar

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!