श्वेता खड्काकाे सुन्दर माझी बस्ती अझै आर्थिक संकटमा

काठमाडौं । अभिनेत्री श्वेता खड्काले थालेकी सिन्धुपाल्चोकको माझी बस्तीको तस्विर उनले आफ्नो सामाजिक संजालमा सियर गरेकी छन् । उनी विभिन्न किसिमका आर्थिक संकटहरु झेल्दै माझी वस्ती बनाइरहेकी छन् ।

अभिनेत्री खड्काले शुक्रबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै सबैलाई हातेमालो गरि बस्ती निर्माणमा सहयोग गर्न अपिल गरेकी छिन । चौतारा साँगाचोक गढी नगरपालिका–१४ भिमटार माझी बस्ती निर्माणमा समस्याहरुलाई सामना गरेकी उनले मिडायासंगको कुराकानीको क्रममा बताएकी छन् । निर्माण कार्य ढिलाई भए पनि उनले बनाउन हिम्मत भने हारेकी छैन । उक्त बस्तीको कार्य सम्पन्न गर्न अझै सहयोग चाहिने खड्काले बताएकी छन् ।

घर बनाउन खड्काले यसरी सहयोगको अपिल गरेकी छन्।

भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी खड्काले श्वेता श्री फाउण्डेशनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशन ले स्थानीयसँग घर निर्माण मा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधार को काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!