मिडीयामा आईन नेपाललाई विश्वमा चिनाउने ५ बर्षीय प्रिन्शा खड्का (भिडियो)

चैत्र २३, अहिले बिदेशमा हुने बिभिन्न प्रतिगोगितामा नेपालीहरुले निकै दरिलो उपस्थिति जनाउदै आईरहेका छन् । यसै सन्दर्भमा हालै इजिप्टमा संचालन भएको ‘स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९’ मा नेपालकी कान्छी सहभागि पाँच वर्षिया प्रिन्शा खड्काले मिनी मोडल वल्र्ड-२०१९ को ताज पहिरिएकी छिन् ।

प्रिन्साले प्रतियोगितामा वेष्ट डान्सरको अवार्ड पनि जित्न सफल भएकी छिन् । टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित उक्त प्रतियोगिता गत मार्च २१ गते देखि २८ गते सम्म इजिप्टको हुर्घादा शहरस्थित द क्यारेवियन वल्र्ड रिसोर्टमा संचालन भएको थियो । सो प्रतियोगितामा अठार वर्ष मुनिका विश्वका विभिन्न मुलुकका पैतालिस जना सहभगिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्रिन्सा सबै सहभागि मध्येकी कान्छी उमेरकी थिइन् ।

उनी वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा अध्ययरनत छिन् । प्रिन्साले यस अघि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले नेपालमा आयोजना गरेको कार्यक्रममा क्विक्स मिनी लिटिल च्याम्प २०१९ की उपाधि विजेता हुन् ।

प्रिन्साको अन्तर्राष्ट्रिय सहभागिताका लागि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले संयोजन गरेको थियो । सो प्रतियोगिताका लागि प्रिन्साको आउटफिट रिब्लुम फेसन बुटिक बानेश्वर तथा बन्दना बुटिकले तयार पारेको थियो । प्रिन्सालाई सो प्रतियोगिताका लागि कोरियोग्राफर मारिशा श्रेष्ठ र विपाष्ना खनालले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!