आजको राशिफल : चैत्र २४ गते आईतबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले काम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय भने फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानिबाट घाटा हुँन सक्छ ध्यान दिनुहोला । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने तथा अध्ययनमा सुधार भएर जानेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)काम गर्दा साबधानि अपनाउनु होला समय मध्ययम रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपकिन बाटोमा दुख हुन सक्छ ख्याल गर्नुहोला । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानि गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेकोछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)कामहरु समयमा सम्पन्न नहुँने तथा आलोचकहरु बढ्नेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिलेनै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउँनेछ भने आफन्त तथा दिदिबहिनिहरु सँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुँनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुँनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दानै राम्रो रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानि जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानिबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ । सन्तान तथा आफन्त सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउँन सक्छन् । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउँन मुस्किल रहेकोछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानि गर्न सकिनेछ । बिबादित बिषयहरु ह्ल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिस सँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)ज्ञानको कमिले शैक्षिक क्षेत्रसँग सम्बन्धित कामहरु बिग्रन सक्छ ध्यान दिनुहोला । आफ्नो भन्दा पनि अरुकै काममा समय बित्ने हुनाले समस्या निम्तन सक्छ । बोल्दा ख्याल गनुहोला बोलिको गलत अर्थ लगाई आफ्ना भन्नेहरुलेनै फसाउन सक्छन् । कटुम्मसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला । समान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ भने अध्ययनमा अरुभन्दा पछि परिनेछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!