‘हेल्लो जिन्दगी’मा श्वेतापछि दीपिका थपिइन्

एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्ने ‘हेल्लो जिन्दगी’ मा अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी छन् । ‘ऐश्वर्य’ फिल्मबाट डेब्यु गरेकी दीपिकाले ‘छक्का पञ्जा ३’ यो नयाँ फिल्म खेल्ने भएकी हुन् ।

यो फिल्मको छायांकन बेलायतमा हुनेछ । फिल्मको लागि एउटा टिम बेलायत पुगि सकेको छ । दीपिका भन्दा हेलो जिन्दगीमा अभिनेत्री श्वेता खड्का अनुबन्धित भइसकेकी छन् । तर फिल्ममा दीपिकाको भूमिका मुख्य रहेन बुझिएको छ । दीपिका यतिबेला निर्देशक दीवाकर भट्टराईसँग विवाहको तयारीमा छिन् । उनीहरुको विवाह वैशाखमा हुने चर्चा छ । विवाह केहि समय पछि हुने भएपछि उनले फिल्म खेल्ने उनले निर्णय लिएकी हुन् ।

दीपिका र श्वेतासँगै सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायत कलाकारको अभिनय रहने छ । कथा लेखन निर्देशक बोहोराकै रहेको छ । सृजना जोशीले निर्माण गर्न लागेको फिल्ममा छायांकन पुरुषोत्तम प्रधानको रहने छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!