आठ खेल अघि नै उपाधि जित्ने अवसरबाट बञ्चित भए पिएसजी

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) आठ खेल अघि नै फ्रेन्च लिग वानको उपाधि जित्ने अवसरबाट बञ्चित भएको छ । आवश्यक नै नपरेको अवस्थामा बललाई टच गर्दा लगभग हुँदै गरेको गोल रोकिँदा उक्त अवसरबाट बञ्चित हुन पुगेको हो । लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा एरिक म्याक्सिम चुपो–मोटिङ्गको गोलबाट पिएसजीले अग्रता लियो । नुनो डा कोस्टाले २६ औँ मिनेटमा स्ट्रासबर्गका लागि बराबरी गोल फर्काए ।

त्यसपछि पिएसजीका क्रिष्टोफर एनकुन्कुले बल पोस्टमा प्रहार गरेका थिए । गोल हुने अवस्थाको बललाई १३ औँ मिनेटमा गोल गरेका एरिकले अनावश्यक रुपमा टच गरे र गोल हुन पाएन । ३८ औँ मिनेटमा एन्टोनी गोन्काल्भसले गोल गर्दै स्ट्रासबर्गलाई अग्रता दिलाए । ८२ औँ मिनेटमा प्रेसमिएल किमपेम्बेले पिएसजीका लागि बराबरी गोल गरे ।

यो खेलमा जित निकालेको भए पिएसजीले ८ खेलअघि नै उपाधि पक्का गर्ने थियो । शीर्षस्थानको पिएसजीको ३० खेलबाट ८१ अंक छ । दोस्रो स्थानको लिलेको ३१ खेलबाट ६१ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!