विश्व बैँकको घोषणा : यो वर्ष नेपाल दक्षिण एसियाकै तेश्रो उच्च आर्थिक वृद्धि भएकाे मुलुक बन्ने

काठमाडौं । यस वर्ष नेपाल दक्षिण एसियामा तेश्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैँकले जनाएको छ। सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैँकले नेपालमा यो वर्ष (सन् २०१९) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो।

यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धिदर हो। भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ।यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर आफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदैछ।

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!