दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।

0000000000000000000

नयाँ बसपार्कबाट डिआई गाडीसहित १ जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ ।नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा.६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती पक्राउ परेका हुन् ।

ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नयाँ बसपार्क नजिकैको माछापोखरीबाट बिजि मलतर्फ जाँदै गरेको गाडीलाई पिछा गरेको थियो । गाडी कसरी चोरियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!