‘छ’ ले छोडेन दिपक र दिपालाई, ‘छ माया छपक्कै’ बन्ने

दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माता रोहित अधिकारीसँग मिलेर बनाउन लागेको फिल्मको नाम तय गरिएको छ । दिपेन्द्र लामाको निर्देशन गर्ने फिल्म ‘छ माया छपक्कै’ जुराइएको हो । बैशाखको दोश्रो साताबाट छायाँकन सुरु गरिने फिल्मलाई दशैंमा रिलिज गरिनेछ ।

छक्का पन्जा को तीन वटा सिरिज ब्ल्कबस्टर भएपछि दिपक र दीपाश्री बाहिरी ब्यानरको साझेदारीमा फिल्म निर्माणमा लोगेका हुन् । छ माया छपक्कै मा छक्का पञ्जा कै सम्पूर्ण कलाकार तथा प्राविधिक रहेनछन् । एउटा नायिका भने चलन चल्तीको हुने चर्चा छ । फिल्मलाई हरि हुमागाईंले खिच्नेछन् । दिपक र दिपाश्रीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

फिल्ममा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल लगायत कलाकारहरु रहनेछन् । नायिका भने तय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!