‘इन्साअल्लाह’ मा सलमान खानको अपोजिट आलिया भट्ट

सञ्जय लिला भन्सालीले निर्देशन गर्न लागेको फिल्म ‘इन्साअल्लाह’ मा सलमान खानको अपोजिट आलिया भट्टलाई लिएका छन् । आलिया फाइनल भएपछि सलमान र आलियाको उमेरको अन्तरलाई लिएर ट्रोल बनाएका छन् ।

आलिया र सलमानको उमेर २७ वर्ष फरक रहेको छ । आलिया २६ वर्षको भइन् भने सलमान ५३ वर्ष भए । आलियालाई ‘बजरंगी भाईजान’की ‘मुन्नी’ पात्रको रुपमा प्रस्तुत गर्नुको साथै आलियाको बाल्यकालको फोटो बाहिर आएको थियो । आलियाले ट्रोल बनाउनेलाई जवाफ दिएकी छन् । उनले भनिन्, ‘मलाई कसैले आलोचना गरेका छैनन् । सबैले मलाई समर्थन गर्नु भएको छ । मलाई लाग्छ, यस्तो ट्रोल बन्नु पनि फिल्मप्रति उत्साह हो । यति सानो कुराले मलाई केहि असर गर्दैन । सायद सलमान र भन्साली सरलाई पनि केहि असर गरेको छैन होला । भन्साली सरले एकदमै राम्रो फिल्म दिनु भएको छ । त्यसैले भन्साली सरको विचार माथि विश्वास गर्नुपर्छ ।’

१७ अप्रिलमा आलिया अभिनित फिल्म कलंक रिलिज हुँदैछ । फिल्ममा आलियासँगै वरुण धवण, सोनाक्षी सिन्हा, आदित्य राय कपूर, माधुरी दीक्षित, सञ्जय दत्त लगायत कलकारको अभिनय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!