ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

काठमाडौं– सिराहाको लहान नगरपालिका -१३ भोटियाटोल चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

स ९ प ७३७ नम्बरको मोटरसाइकललाई ना ३ ख ७७७४ नम्बरको ट्रकले ठक्कर दिँदा लहान नगरपालिका–४ का २६ वर्षीय कृष्ण सहनी, २५ वर्षीय शिवकुमार सहनी र २६ वर्षीय मनोज कुमार मण्डलको उपचारका लागि लहान अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!