मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने व्यक्ति नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित

काठमाडौं । मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् ।

लक्की ग्रुपका अध्यक्ष मोर शिवम सिमेन्टका संचालक हुन् । शिवम सिमेन्टेले लोडसेडिङ गराएर प्रयोग गरेको करोडौँ रकम बुझाएको छैन ।

अतिरिक्त शुल्क तिर्ने शर्तमा विभिन्न उद्योगहरुमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट वितरण गरिएको विद्युत महशुलको बिल अहिलेसम्म सेटिङकै कारण नबुझाउने सुचीमा मोरको नाम सुचीमा छ । उनको स्वामित्व रहेको शिवम सिमेन्टले ३० करोड भन्दा बढी रकम नबुझाएपछि विवाद बाहिर आएको हो ।

सर्वसाधरणलाई ५०० रुपेयाँ नबुझाउँदा पनि कारबाही गर्ने सरकारले व्यापारीले अरबौँ रकम नबुझाउँदा पनि कारबाही गर्न सकेको छैन ।

Diyopost मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!