बिधालयमा सधै कलास फस्ट हुने मोनिकाले रिजल्ट नसुनी संसार छाडिन्

सन्धिखर्क, चैत्र २५। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -८ लातेवाजमा आज दिउँसो लु.१ ज .१२२९ नम्बरको देउराली यातायातको महेन्द्र जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जनालाई उपचारको लागि असपताल लैजादै गर्दा बीच बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा ४ जना गम्भीर घाइते ८ जना सामन्य घाइते भएका छन् । चुत्राबेशी बाट दिउँसो १ बजे प्युठानको बरौलाको लागि छुटेको लु.१ ज.१२२९ नम्बरको महेन्द्र जिप भुमिकास्थान -८ लात्तेबाजमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा प्युठान जिल्लाको बैरनी निवासी १४ बर्षिय मोनिका आचार्य रहेकी छिन भने प्युठान एरावतीका ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भना निवासी ३ बर्षिय प्रिन्स श्रेष्ठ रहेका छन ।

सामान्य घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको छ भने गम्भीर घाइते ४ जनालाई बुटवल रिफर गरिएको जानकारी आएको छ ।

यो घटनामा मोति माध्यमिक विद्यालयको कक्षा ८ को परिक्षा दिई मोनिका फुर्सदको समयमा आफन्त भेटन् अर्घाखाँची पुगेकी थिइन। १४ बर्षिय मोनिका आचार्यको दुर्घटनामा मृत्यु हुँदा विद्यालयले कक्षा १ देखि ७ सम्म प्रथम हुने छात्रा गुमाएको छ ।

विद्यालयका शिक्षक महेश कुमार श्रेष्ठ यस बर्षमा दिएको कक्षा ८ को परिक्षाको नतिजा अनुसार पनि मोती माद्यामिक विद्यालयको कक्षा प्रथम भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!